केहि दिन अगाडी लेउले ढाकेको पानी नआउने येँगा हितिको अवलोकन पछि विद्यार्थी भाइबहिनीहरूले धेरै प्रश्नहरू सोधेका थिए । यहाँका स्थानीयले यसको सरसफाइ किन नगरेको? यहाँको वडा अध्यक्षले यसको संरक्षण गर्न किन पैसा नदिएको? त्यस्को करिब एक हप्ता पछि येँगा हितिको सरसफाइ गरिनुको साथै यसको मूलको उत्खनन् तथा ऐतिहासिक अध्ययन शुरु भएछ । पुरातत्व विभाग तथा बागमती प्रदेश सरकारले समेत यस सम्बन्धी चासो लिएर तदारुकता देखायो र हामीले यी सबै कुरा विद्यार्थी भाइबहिनीहरूलाई फेरी पनि अवलोकन गराउन लग्यौं। यति छिटो आफ्ना प्रश्नहरूको सुनुवाई भएकोमा भाइबहिनीहरू अचम्मित र हर्षित थिए । यसले बाल मस्तिष्कमा एउटा सकारात्यमक सन्देश पनि दियो। यसै क्रममा शुक्रबारको Book Free Friday को अवसर पारेर येँगाका स्थानीय तथा हाम्रो विद्यालयका भुपु विद्यार्थी स्रिजन बज्राचार्य लाई Guest को रुपमा आमन्त्रण गरी विद्यार्थी भाइबहिनीहरूको थप प्रश्नहरू उत्तर दिलाउने अवसर पनि प्राप्त भयो । हाल उहाँ येँगा हिति संरक्षण समितिमा संयोजकको रुपमा पनि क्रियाशिल हुनुहुन्छ । समय मिलाउनु भएकोमा स्रिजन भाइलाई हार्दिक धन्यवाद ।